दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा बुधबार (आज) देखि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ । डिलाशैनीको वडा नम्बर ५ स्थित हरिनगर खेलमैदानमा प्रतियोगिताको तेश्रो संस्करण एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकास्तरीय खेलकुद विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर बोहरा, डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा, वडा अध्यक्षहरू लगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्ष कप भलिबल प्रतियोगितामा डिलाशैनी गाउँपालिका भित्रका ६ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने टीमलाई नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै तेश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया