मालिकार्जुनमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रगियोगिता सम्पन्न, उकु प्रथम (पदक-तालिका)

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सञ्चालन भएको पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रगियोगिता सम्पन्न भएको छ।  माघ ५ गते देखि गाउँपालिकाको वडा नम्बर ६ उकूमा सञ्चालन भएको प्रतियोगिता बुधबार (आज) सम्पन्न भएको हो ।

गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती माध्यमिक विद्यायल उकू प्रथम भएको गाउँपालिकाका सहायक सूचना अधिकारी लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो । १३ स्वर्ण ३ रजत र १ काँस्य गरि कुल १७ पदक सहित  सरस्वती माध्यमिक विद्यायल उकू प्रथम भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ४ स्वर्ण ३ रजत ४ कास्य गरि ११ पदक सहित गरडा माध्यमिक विद्यालयले द्वितीय स्थान प्राप्त गरेको छ भने ३ स्वर्ण ५ रजत र ८ कास्य गरि १६ पदक सहित शंकरपुर माध्यमिक विद्यालय पस्तीले तृतीय स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा अन्य सहभागी विद्यालय तर्फ मालिकार्जुन माध्यमिक विद्यालय मडले ३ स्वण ३ रजत र ६ कास्य गरि १२ पदक, खान माध्यमिक विद्यालय एरिछानाले २ स्वर्ण १ रजत र ५ कास्य गरि ८ पदक, निलपतालेश्वर माध्यमिक विद्यालय भर्तोलाले २ स्वर्ण र १ कास्य गरि ३ पदक, कृष्ण माध्यमिक विद्यालय डाडाकोटले १ स्वर्ण, ८ रजत र ३ कास्य  गरि १२ पदक प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय माध्यमिक विद्यालय ठिङले १ स्वर्ण ३ रजत र ३ कास्य गरि ७ पदक, डिन्सी माध्यमिक विद्यालय डिन्सीले १ स्वर्ण र १ रजत सहित २ पदक, सरस्वती माध्यमिक विद्यालय सेलिचमाले १ रजत र ३ कास्य गरि ४ पदक  र हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुरले १ कास्य पदक प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष गोकर्ण सिंह धामीको अध्यक्षतामा भएको समापन कार्यक्रमा गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी लगायत गाउँपालिकाका जनप्रतिनिधि, कार्मचारी विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यो संगै दार्चुलाका ७ वटा स्थानीय तहमा पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । अब जिल्लाको लेकम गाउँपालिका र महाकाली नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन बाँकी रहेको छ। महाकाली र लेकममा समेत माघ भित्रै प्रतियोगिता सम्पन्न हुनेछ।

स्थानीय तहले पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरे पछि आगामी फागुनमा जिल्ला स्तरीय राष्टपती रनिङ शिल्ड प्रतियोगिता मार्मामा सञ्चालन हुने खेलकुद विकास समिति दार्चुलाले जानाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?