दार्चुला । बैतडीमा एक महिला मृत फेला परेकी छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ८ डुङराकी अन्दाजी २५ बर्षीया मञ्जु जोशी बिहीबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो।
घरबाट झण्डै १ किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा जोशीको शव फेला परेको उहाँले जानकारी दिनुभयो ।
मृतक जोशीको घरमा श्रीमान, एक छोरा र एक छोरी रहेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो।





प्रतिक्रिया