किम्तडीको ठण्याकाठामा स्कइभेटर पहिरोमा पुरियो, चालक घाइते, सडक अवरुद्ध

दार्चुला । खंलगा गोकुलेश्वर सडक खण्डको किम्तडी ठण्याकाठामा सकड निर्माणको क्रममा पहिरो खस्दा स्काइभेटर पहिरोमा पुरिएको छ ।  शुक्रबार विहान सवा ६ बजेको समयमा निर्माण कार्यमा रहेको स्काइभेटर चालक सहित पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो  ।

सडक निर्माणको क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर सडकबाट २०/२५ मिटर तल महाकाली किनारमा खसेको उहाँले बताउनुभयो । पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादी गाउँपालिका वडा नम्बर ११ घर भएका रेशम बुढा घाइते भएको उहाँले बताउनुभयो ।

बुढाको खुट्टामा चोट लागेको छ।  पहिरो सडक पुर्ण रुपमा अबरुद्ध भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?