बैतडीको डिलाशैनीमा स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा पाचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको भव्य उद्धघाटन गरिएको छ ।

आज एक कार्यक्रमका बिच वडा नम्बर ५ स्थित हरिनगर खेल मैदान गोकुलेश्वरमा प्रतियोगिताको उद्धघाटन गरिएको हो । डिलाशैनी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष बिरेन्द्र बोहराको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष सन्तोष जोशीको प्रमुख आतिथ्यतामा पाचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको हो ।

उद्धघाटन शत्रमा विभिन्न वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षक, विद्यार्थी लगायत खेलप्रेमीहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता माघ १४ गते सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?