दार्चुलाको गोकुलेश्वर र खंलगामा सञ्चालन भएको आँखा शिविरबाट १५ सय बढीले सेवा लिए

दार्चुला । दार्चुलाको गोकुलेश्वर र खंलगामा सञ्चालन भएको नि:शुल्क आँखा शिविरबाट १५ सय बढी स्थानीयले सेवा लिएका छन। शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर र महाकाली नगरपालिकाको खंलगामा सम्पन्न नि:शुल्क आँखा शिविरबाट १५ सय ६४ जनाले सेवा लिएका हुन् ।

गेटा आँखा अस्पताल र सम्बन्धित स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको नि:शुल्क आँखा शिविर माघ ४ गते देखि १० गते सम्म सञ्चालन भएको थियो। माघ ४ गते देखि ६ गते सम्म गोकुलेश्वरमा भएको आखाँ शिविरमा ५२३ जना र माघ ८ गते देखि १० गते सम्म महाकाली नगरपालिका वडा नम्बर ४ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय खंलगामा सञ्चालन भएको शिविरबाट एक हजार ४१ जना गरी कुल १५ सय ६४ जनाले सेवा लिएको बताइएको छ।

आँखा सम्बन्धि रोग भएकाहरुलाई स्थानीय स्तरमै नि:शुल्क रुपमा सेवा दिने उद्धेश्यले गेटा आँखा अस्पताल र सम्बन्धित स्थानीय तहहरुको आयोजनामा शिविर सञ्चालन गरिएको गेटा आँखा अस्पतालका क्याम्प म्यानेजर दिल्लीराज भण्डारीले जानकारी दिनुभयो । दुबै स्थानीय तहमा सम्पन्न शिविरमा डाक्टर सुजाता भण्डारीको टिमले आँखाको समस्या भएका बिरामीहरुको शैल्यक्रिया र चेकजाँच गर्नुका साथै चस्मा बितरण गर्नुभएको छ ।

शिविरमा मोतिबिन्दुको उपचार, आँखाका रोगीहरुको नि:शुल्क शल्यक्रिया तथा नि:शुल्क औषधी वितरण गरिएपछि आँखाको समस्या भएका बिरामीहरू खुशी भएका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?