दार्चुलामा कार्यरत शसस्त्रका एसपी हर्कराज पन्तको सरुवा, देवराज जोशी आउने

दार्चुला । शसस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपती (एसपी) हर्कराज पन्तको सरुवा भएको छ । शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षकले देशभरका ९० जना एसपीहरूको सरुवा गरेसंगै दार्चुलामा कार्यरत रहेका पन्तको मावनश्रोत विकास विभागमा सरुवा भएको हो । सशस्त्र प्रहरीको हेडक्वाटरबाट २०८० फागुन ५ गते दार्चुला आउनुभएका पन्तको सशस्त्र प्रहरी बल नेपाल मावनश्रोत विकास विभागमा सरुवा भएको छ ।

एसपी पन्तको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औधोगिक तालिम शिक्षालय टिकापुर कैलालीमा कार्यरत एसपी देवराज जोशी आउनुहुने भएको छ । प्रशासनिक दृष्टिकोण एवं आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि हाल सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा राशन पाउने गरी एसपीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?