दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा पाचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सुरु हुने भएको छ । महाकाली नगरपालिकाको वडा नम्बर ७ धापमा अवस्थित मालिकार्जुन नमुना माविको खेलमैदानमा सञ्चालन हुने खेलको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
माघ १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महाकाली नगरपालिकाभित्रका माद्यमिक विद्यालयहरुबाट प्रतियोगि विद्यार्थीहरु सहभागि हुनेछन् । यसअघि दार्चुलाका सात स्थानीय तहमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ । लेकम गाउँपालिकामा समेत माघ भित्रै प्रतियोगिता सम्पन्न हुने बताइएको छ ।
दार्चुलाको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १० गतेबाट फागुन १५ गते सम्म मार्मा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको तपोवन खेलमैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ। वटै पालिकाबाट छनोट भएका टिमबिच जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया