दार्चुला । नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको खलंगा झोलुङ्गे पुल खोल्दा ३६ जना दार्चुला भित्रिएका छन् । दार्चुलाबाट ७१ जना भारत गएको प्रहरीले जनाएको छ ।

भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा बस्ने भारतीय नागरिक तथा अत्यावश्यक कामले भारत जान लागेका नेपालीहरुका लागि सीमा पुल खोलिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबार दिउँसो एक घण्टाका लागि खुलेको सीमापुलबाट भारतको विभिन्न ठाउँमा काम गर्दै आएका ३६ जना नेपालीहरु नेपाल भित्रिएको जिल्ला प्रहरी कार्याल दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दार्चुलाको महाकाली नगरपालिकाका २८ जना, मालिकार्जुन गाउँपालिकाका पाँच जना र मार्मा गाउँपालिकाका एक जना तथा बैतडीको पुर्चौडी नगरपालिकाका दुई जनागरी ३६ जना नेपाल भित्रिएका हुन् ।

नेपाल भित्रीएकाहरु मध्ये १९ जना पुरुष १२ जना महिला तथा ५ जना बालबालिका रहेका छन् । नेपाल भित्रिएका सबैलाई सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर घर पठाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?