नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको अधिवेशन सम्पन्न, सहमतिमै कार्यसमिति चयन

दार्चुला । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १०औं जिल्ला अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। दार्चुला सदरमुकाम खलंगास्थित दार्चुला विकास संगठनको सभाहलमा उद्घाटन भएको अधिवेशन बन्द सत्रमार्फत सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेशनबाट राजेन्द्र सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मदन सिंह ठगुन्ना, महिला उपाध्यक्षमा धाना कार्की धामी, सचिवमा कर्णबहादुर खत्री, सहसचिव मोहन सिंह धामी र कोषाध्यक्षमा धनबहादुर लोहार चयन हुनुभएको छ । सदस्यहरूमा केशव बिष्ट, तारासिंह देउरूखी, परमानन्द भट्ट, प्रेमसिंह बुढाथोकी, गोबिन्द महरा, नारन्ती कार्की, गौरसिंह ठगुन्ना, धर्मेन्द्र सिंह ठगुन्ना र सर्जन ओखेडा रहनुभएको छ । प्रदेश प्रतिनिधिमा रामसिंह धामी, गोबिन्दी लोथ्याल, धनबहादुर लोहार रहनुभएको छ भने केन्द्रीय प्रतिनिधिमा चन्द्रा घर्ती र सुरेन्द्र सिंह धामी चयन हुनुभएको छ।

निजामती कर्मचारी संगठन दार्चुलाका अध्यक्ष राजेन्द्र सिंह धामीको अध्यक्षतामा उद्घाटन भएको अधिवेशन समारोहमा नेकपा (एमाले) दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । कर्मचारी संगठनका केन्द्रीय कमिटी सचिवालय सदस्य पदमराज जोशीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संगठनका प्रमुख, प्रतिनिधिहरू र कर्मचारी संगठनका सदस्यहरूको आतिथ्यता रहेको थियोे । यस्तै बन्द सत्रमा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीरको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा एमालेका जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले कर्मचारीले निस्पक्ष ढंगले काम गर्नुपर्ने बताउनुभएको छ। कर्मचारीलाई संगठनकाे महत्त्व बुझाउनु र संगठन चाहिदैन भन्ने मानसिकता चिर्नु जरूरी रहेको उहाँको भनाइ छ । कर्मचारी भइसकेपछि उसको पहिलो दायित्व जनताको हितमा लाग्नुपर्ने उहाँले बताउनुभयो । कर्मचारीले टिकाटिप्पणी उठ्ने ढङ्गले काम गर्न नहुने अध्यक्ष घर्तीको भनाइ छ ।

यस्तै बन्द सत्रलाई सम्बोधन गर्नुहुदै महाकाली नगरप्ररमुख नरसिंह चैसिरले १०औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले जनमैत्री सेवा प्रवाह गर्नुपर्ने र उच्च स्तरको व्यवहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो । संगठन बाहिरका कर्मचारीलाई समेत आकर्षित गर्ने गरि काम गर्न उहाँले नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिनुभयो ।

कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य पदमराज जोशीको अध्यक्षतामा रहेको अध्यक्ष मण्डलले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको अध्यक्ष मण्डलका सदस्य तथा बुद्धिजीवी परिषद् दार्चुलाका अध्यक्ष धाना धामीले बताउनुभयो । कार्यक्रमका अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?