सुदूरपश्चिममा सात हजार तीन सयलाई कोरोना संक्रमण, २१ जनाकाे मृत्यु

धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत वडा नम्वर १ की ६३ बर्षीया संक्रमित महिलाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या २१ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा साेमबार थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय १३ जनाको कोरोना परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दुई सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका पाँच जना, बुगल नगरपालिकाका दुई जना, मष्टा गाउँपालिकाका चार जना, दुर्गाथली गाउँपालिकाका तीन जना र केदारस्यू गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा २४ घण्टामा एक सय ३३ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालमा एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ।

६ हजार बढिले कोरोना जितेका छन् भने २१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?