दार्चुला । दार्चुलाको महाकाली नगरपालिकास्तरीय स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
पाचौँ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदक सहित महेन्द्र नमुना मावि खंलगा प्रथम भएको छ । माघ १५ गतेबाट वडा नम्बर ७ धापमा अवस्थित मालिकार्जुन नमुना माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
महाकाली नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ११ स्वर्ण र ११ रजत सहित मालिकार्जुन नमुना मावि धाप द्वितिय भएको महाकाली नगरपालिकाका सूचना अधिकारी भुपेन्द्र सिंह रैखोलाले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगितामा २ स्वर्ण, ६ रजत र २ कास्य पदक सहित मालिकार्जुन मावि निसिलले तृतीय स्थान पाप्त गरेको उहाँले जानकारी दिनुभयो । यो सगै दार्चुलाका आठ वटा स्थानीय तहमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएका छन् ।
जिल्लाको लेकम गाउँपालिकामा भोली बैठक बसेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन सम्बन्धि निर्णय गरिने लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएपछि दार्चुलाको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १० गतेबाट फागुन १५ गते सम्म मार्मा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको तपोवन खेलमैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ। नौँ वटै पालिकाबाट छनोट भएका टिमबिच जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया