लटिनाथ नमुना मावि चौपाताको ७० औं बार्षिकोत्सब कार्यक्रम उद्घाटन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चौपाताको ७० औं वार्षिकोत्सब समारोह उद्धघाटन भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लेकम गाउँपालिकाका पूर्व अध्यक्ष परमान्नद जोशीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी प्रमुख अतिथी रहनुभएको छ।

त्यस्तै कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधवि जोशी, वडा अध्यक्षहरु, शिक्षक विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सुरक्षा कर्मी, पत्रकार लगायत स्थानीयहरुको सहभागिता रहेको छ।

२०११ सालमा स्थापना भएको विद्यालयले आज ७० औं बार्षिकोत्सब कार्यक्रम मनाइरहेको विद्यालयका प्रधानाध्यापक केशव राज विष्टले बताउनुभयो ।

वार्षिकोत्सव समारोह आजै समापन गरिने छ। बार्षिकोत्सब समारोहको प्रत्यक्ष प्रसारण ( भिडियो लाइभ) lokdarpantv हेर्न सक्नु हुनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?