दार्चुला । दार्चुला दार्चुलाको अपिहिमाल गाउँपालिकाभित्रका ११ वटा सामुदायीक विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१। ८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “एक विद्यालय एक ल्यापटप “ कार्यक्रम अन्र्तरगत आइतवार ११ वटा विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
विद्यालयको नियमित प्रशासनिक तथा एकीकृत शैक्षिक व्यवस्थापन प्रणाली लाई व्यवस्थित गर्ने उद्धेश्यले ल्यापटप वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षता एंव शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त,सामाजिक विकास कार्यालय दार्चुला प्रमुख रामचन्द्र ओझा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईन्द्र सिंह रावल विद्यालयका प्रध्यानाध्यापक, शिक्षक वुद्दिजीवी, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थितिमा ल्यापटप हस्तान्तरण गरिएको हो ।
यसअघी गाउँपालिकाले अन्य ११ वटा विद्यालयहरुमा ल्यापटप हस्तान्तरण गरेको थियो ।





प्रतिक्रिया