लटिनाथ मावि चौपाताको ७०औँ वार्षिकोत्सब समारोह सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ माध्यमिक विद्यालय चौपाताको ७०औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ। सोमबार विद्यालय प्रांगणमा सञ्चालन भएको एक दिने वार्षिकोत्सब कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव लेकम गाउँपालिकाका पूर्व अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा सञ्लचान भएको समारोहमा लेकम गाउँपालिकाका अध्यक्ष राम दत्त जोशी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहरा लगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

वार्षिकोत्सब समारोहमा विद्यालयका प्रधानाध्यापक केशव राज विष्टले ५ करोड १३ लाख ७५ हजार ७ सय १९ रुपैया १ पैसा बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालय संग हाल ९२ लाख ७९ हजार १ सय ३० रुपैंया बचत रहेको विद्यालयका प्रधानाध्यापक विष्टले बताउनुभयो ।

विद्यालयमा विविध सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य, सम्मान लगायतका कार्यक्रम गर्दै भव्यताका साथ वार्षिकोत्सब सम्पन्न भएको सहायक प्रधानाध्यापक महेशराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?