गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको कमिटी गठन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नमबर ९ मा रहेको सुदूरपशिचम विश्वविद्यालय, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले क्याम्पस कमिटी गठन गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाको संगठन विस्तारका क्रममा मंगलबार गोकुलेश्वर बहुमुखी क्याम्पसमा कमिटी गठन गरिएको हो ।

अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष सुनिल सिह रावलको प्रमुख आतिथ्यतामा नयाँ क्याम्पस कमिटी गठन गरिएको उपाध्यक्ष रावलले जानकारी दिनुभयो । कमिटीको नयाँ अध्यक्षमा वीर बहादुर धामी अध्यक्ष रहने गरी २१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा कमला बोहरा, सचिवमा सुन्तली ठगुन्ना, सह सचिवमा भागरथी बोहरा र कोषाध्यक्षमा निर्मला धामी चयन भएका छन् ।

अनेरास्ववियु दार्चुलाले पछिल्लो समय जिल्लाका विभिन्न विद्यालय र क्याम्पसमा संगठन विस्तारका साथै प्रतिभा पहिचान र रचनात्मक कार्यक्रम गर्दै आएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?