दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मडको ६४औँ वार्षिकोत्सब कार्यक्रम बुधबार आज उद्घाटन गरिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक सिंह धामीको अध्यक्षता र मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नवराज जोशीले जानकारी दिनुभयो ।
वार्षिकोत्सब कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। २ दिन सम्म सञ्चालन हुने कार्यक्रम विहिबार (भोली) सम्पन्न हुने छ।





प्रतिक्रिया