पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोली व्याँसको बाटो अनुगमन गरि फर्कियो, कर्मचारी र जनप्रतिनिधिलाई निर्देशन

दार्चुला । पूर्वमन्त्री गणेश सिंह ठगुन्ना नेतृत्वको टोली दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु जोड्ने बाटोको स्थलगत अनुगमन गरि फर्किएको छ । व्याँसको छाङ्गरुदेखी दुम्लीङ जोड्ने गरी निर्माण गर्ने तयारी थालिएको घोडेटो बाटोको पूर्वमन्त्री ठगुन्ना, व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीसहित गाउँपालिकाको प्राविधिक टोली स्थलगत निरीक्षण गरि फर्किएको हो ।

सामरिक महत्तका गाउँहरु छाङरु र तिंकर जोड्ने पैदलबाटो निर्माणका लागि कठिन भौगोलिक क्षेत्रको अनुगमन गरि फर्किएकाछौँ, व्याँस गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो, विकट भूगोल छिचोल्दै ब्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ्ग हुँदै कल्जु, तम्बाकु, आतुङ्ती, घाटिबगड, थि लगायतका क्षेत्रमा प्राविधिक कर्मचारीहरु सहित निर्माण गर्नुपर्ने क्षेत्रको अनुगमन गरेका छौँ । उक्त क्षेत्रबाट फर्के पश्चात ब्याँस गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पैदल बाटो निर्माणका लागि आएको बजेटको पूर्ण सदुपयोग गर्न पूर्वमन्त्री ठगुन्नाले निर्देशन दिनुभएको छ । आफ्नै गाउँ जान पनि अर्को राष्ट्र (भारत) संग अनुमति लिइ जानुपर्ने बाध्यताको अन्त्यका लागि बजेट विनियोजन देखि समयमै कार्य सञ्चालन तथा कार्यान्वयन गर्नका लागि एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका पूर्वमन्त्री ठगुन्नाले निभाउनुभएको योगदानको कदर गर्दै व्याँस गाउँपालिकाकोतर्फबाट धन्यवाद ज्ञापन गरिएको उहाँले बताउनुभयो ।

घोडेटो बाटोका साथै नेपाली सेनाले निर्माण गरिहेको दार्चुला–टिंकर सडकको तुसरपानि देखि माथिको क्षेत्रमा समेत निरीक्षण गरिएको बताइएको छ । केही दिन पहिले खलंगामा बसेको सर्बदलिय सर्वपक्षीय भेलाले नेपालतिर बाटो खोल्नुपर्ने र त्यसको लागि दुम्लीङदेखि बयलधारसम्मको अवस्थाबारे निरीक्षण गरेर तीन दिन भित्र प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार एमालेका पोलिटव्यूरो सदस्य समेत रहनुभएका पूर्वमन्त्री ठगुन्ना सहित जनप्रतिनिधि र प्राविधिक टोलिले बाटो निरीक्षण गरेको प्रवक्ता धामीले बताउनुभयो ।

अर्थमन्त्रालयले दुम्लीङ–छाङ्गरु जोड्ने बाटो बनाउन ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कठिन भूगोलमा उक्त बजेटबाट तथा सजिलो स्थानमा जनश्रमदान अभियानमार्फत बाटो निर्माण गर्ने तयारी रहेको पूर्वमन्त्री ठगुन्नाले बताउनुभयो । व्याँस क्षेत्रमा घोडेटो बाटो समेत नहुँदा त्यस क्षेत्रका नागरिक जिल्ला सदरमुकाम आवतजावत गर्न भारतको बाटो प्रयोग गर्दै आएका थिए । नेपालको आफ्नै भूगोलमा हिड्न बाटो नहुनु निकै लज्जाको विषय भएकोले आफ्नै घर जान भारतको अनुमति लिनुपर्ने अवस्थाको अब अन्त्य हुने उहाँको भनाई छ । साथै देशभक्त र माटोप्रति माया भएका सबै नागरिकलाइ बाटो निर्माणको लागी सहयोग तथा श्रमदान गर्न पनि नेता ठगुन्नाले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?