दार्चुला । भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गलैनाथ मावि झरकाँडाको विद्यालय भवन भोलि उद्घाटन गरिने भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडाको भवन प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, भारतीय राजदुतावासका काठमाडौंका काउन्सलर अविनास कुमार सिंह र शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामी लगायतको उपस्थितिमा उद्घाटन गर्ने तयारी छ ।
गलैनाथ माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवन र कार्यालय भवनको शुक्रबार (भोली) नगरप्रमुख विजयसिंह धामीको अध्यक्षता तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूवमन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको बिशिष्ट आतिथ्यतामा उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक जयधन जोशीले जानकारी दिनुभयो । २०८१ बैशाखमा शिलान्यास गरिएको विद्यालय र कार्यालय भवन निर्माणमा भारतीय राजदुताबासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत लगानी रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
करिब चार करोड लगानीमा बनेको २ तले विद्यालय भवन र बैठक हल सहितको छुट्टै कार्यालय भवन भोली विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । भवन उद्घाटन र हस्तान्तरणको लागी भारतीय राजदुबासको तर्फबाट भारतीय राजदुताबास काठमाडौंका काउन्सलर अविनास कुमार सिंहको नेतृत्वमा दुताबासको टोली उपस्थित हुने उहाँले बताउनुभयो ।
भवन हस्तान्तरण कार्यक्रम शैल्यशिखर नगरपालिकाले आयोजना गर्ने गलैनाथ मावि झरकााडाका निमित्त प्रधानाद्यापक विर सिंह भण्डारीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया