बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि अख्तियारले कागजपत्रहरु नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताउनुुभयो ।

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा १ करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो । कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भिमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले यहि असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शिर्षकमा ५३ लाख १५ हजार ७ सय २१ रुपैया अनियमितता गरेको ठहर गरेको थियो ।

सोही प्रतिवेदन र उजुरीका आधारमा छानबिन गर्नको लागि अख्तियारको टोलीले प्रतिवेदनसहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र बितरण त्यसैगरी सवारी साधन खर्चको बिवरण सहितको फाइल नियन्त्रणमा लिएको हो । छानबिन समितिले कर्मचारी देखि जनप्रतिनिधिहरुले सवारी साधन प्रयोगका नाममा अनियमितता गरेको ठहर गरेको थियो ।

समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरुले औल्याएको अनियमित खर्च असुल उपर गर्न नगरपालिकालाई आग्रह गरेको थियो । जवाफमा नगरप्रमुख केशवहादुर चन्दले छानबिन गरी अनियमितता गरेको भए असुलउपर गरिने बताउनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?