दार्चुलाको लेकममा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मावि चौपाताको अग्रता, लालीले पछ्याउदै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी छ।

शनिबार (हिजो) बाट सुरु भएको प्रतियोगितामा आज दोस्रो दिनका खेल सकिदा लटिनाथ नमुना माध्यमिक विद्यालय चौपाता अग्र स्थानमा रहेको छ भने कृष्ण मावि लालीले पछ्याइरहेको छ।

शनिबार र आइतबारका खेल सम्पन्न हुँदा सम्म ५ स्वर्ण २ रजत र २ कास्य गरि कुल ९ वटा पदक सहित लटिनाथ नमुना माध्यमिक विद्यालय चौपाता अग्र स्थानमा रहेको खेलस्थलबाट सहकर्मी दुर्गा मिश्रले जानकारी दिनुभयो ।

त्यस्तै ४ स्वर्ण ३ रजत र ३ कास्य गरि कुल १० पदक सहित कृष्ण माध्यमिक विद्यालय लाली दोस्रो स्थानमा रहेको छ, भने २ स्वर्ण र १ कास्य गरि कुल ३ पदक सहित रहेको मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँ तृतीय स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?