सीमा नाका नखुलेपछि झुलाघाटका व्यापारी अनशनमा

नेपाल–भारत सीमा नाका झुलाघाट बन्द भएपछि समस्या परेका सीमापारिका व्यापारी आन्दोलित भएका छन्। यसअघि असोज ९ गते प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई ज्ञापनपत्र पठाएका व्यापारीले सोमबारदेखि अनशन थालेका हुन्।

उनीहरुले सीमा नाका नजिक पिपलचौकमा अनशन थालेका झुलाघाटबाट भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए। भट्टले भने, ‘बिहान ८ देखि साँझ ६ बजेसम्म उनीहरुले अनशन बस्ने गरेका छन्।

नेपाली ग्राहकको भरमा चलेको झुलाघाट बजार नाका बन्द भएपछि सुनसान छ। कोरोना कहरका कारण गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प रहेको भन्दै आर्थिक प्याकेजको घोषणाा गर्नुपर्ने, बैंक ब्याज मिनाहा गर्नुपर्ने, पानी र बिजुलीको बिल मिनाहा गर्नुपर्ने अनशनरत उनीहरुको माग छ।

भारतले देशभर लकडाउन खुला गरेको भए पनि सीमापुल नखुल्दा आफ्नो रोजीरोटी खोसिएको व्यापारीहरुको भनाइ छ। ऋण निकालेर व्यापार गरिरहेकालाई झुलाघाट नाका बन्द हुँदा निकै समस्या भएको झुलाघाट व्यापार संघले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?