मालिकार्जुनका उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको मृत्यु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका-५ डाडाकोट घर भएका मालिकार्जुनका उद्यम विकास संयोजक तथा नेपाल निजामती कर्मचारी संगठन मालिकार्जुनका अध्यक्ष अवस्थीको गाडीले ठक्कर दिदा ज्यान गएको हो ।

भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जादैगरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भइ अस्पताल लगेका अवस्थीलाई डाक्टरले मृत घोषणा गरेको बताइएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाकी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?