एमालेको वडा केन्द्रीत अभियान कुणीमा आयोजनाः ७ जना पार्टी प्रवेस, १९ जना सम्मानित

दार्चुला । नेकपा (एमाले) ले सोमबार (आज) लेकम गाउँपालिकाको वडा नम्बर २ कुणीमा कार्यक्रम आयोजना गरेको छ । तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत जिल्लाका ६१ वडामै पुग्ने गरि परिचालन भएको एमाले दार्चुलाको मूल टोलीको कार्यक्रम शनिबार लाली, आइतबार खरकडा र आज कुणीमा अन्तरक्रिया गर्दै सम्पन्न भएको हो ।

कुणीमा आयोजित कार्यक्रममा कार्यकर्ताका सुझाब सुन्नुको साथै जनप्रतिनिधि र अतिथिहरूले जवाफ दिएका छन् । लेकमको वडा नम्बर २ कमिटी अध्यक्ष आन सिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको विशिष्ट आतिथ्यता रहेको थियो । जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम इन्चार्ज परमानन्द जोशी, लेकम गाउँपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशी, जिल्ला कमिटी सचिवालय सदस्य नारायणदत्त जोशी, लेकम गाउँकमिटी अध्यक्ष पुष्पराज जोशी, लेकमको वडा नम्बर ३ का निर्वाचित अध्यक्ष सुरेशसिंह थापा लगायत नेताहरूको आतिथ्यता रहेको कार्यक्रममा पालिका, वडा र टोल कमिटीका कार्यकर्ताहरूको सहभागीता रहेको एमाले लेकम गाउँकमिटी सचिव पदमराज जोशीले बताउनुभयो ।

कुणीको कार्यक्रममा ७ जना कार्यकर्ता काग्रेस र माओवादी परित्याग गरि एमालेमा प्रवेस गरेको बताइएको छ । प्रवेस गर्नेहरूमा लक्ष्मी भट्ट, रमपती राम सार्की, मनी राम सार्की, देव दत्त भट्ट, सुन्नर राम सार्की, नन्द कार्की, केशव सिंह धामी रहेका छन् । कार्यक्रममा पुराना तथा पार्टीमा लामो समय योगदान गरेका १९ जना कार्यकर्तालाई सम्मान समेत गरिएको जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशीले बताउनुभयो ।

मंगलबार (भोलि) वडा नम्बर १ सर्मोलीमा कार्यक्रम आयोजना हुने एमाले लेकम गाउँपालिका कमिटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?