बैतडीमा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका २ र दशरथचन्द नगरपालिकाका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ बर्षीय पुरुष कर्मचारी र मेलौली नगरपालिका-८ घर भएका एक ३० बर्षीय पुरुष र दशरथचन्द नगरपालिका- ९ का ३६ बर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाको गाडीको चालक र अन्य २ जना भारतबाट फर्किएका रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशी बताउनुभयो । संक्रमित सबैलाई छुट्टै आइसोलेट गरेर राखिएको जनाईएको छ।

आज थप ३ जनामा संक्रमण पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ४०९ पुगेको छ । जसमध्ये हाल ३१ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । १ जनाको भने कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९ ,दोगडाकेदार गाउँपालिकाका ४६, मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबिच बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । मंगलबार नगरपालिकामा कार्यरत एक कर्मचारी र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो ।

मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्टाक्ट टे«सिङ गरि स्वाब संकलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको उहाँले बताउनुभयो ।

यसअघि पुर्चाैडी नगरपालिकाका एक जनाकाे काेराेनाका कारण मृत्यु भएपछि पुर्चाैडी नगरपालिका क्षेत्र समेत सिल गरिएकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?