नेपाल पत्रकार महासंघ दार्चुलाका पूर्वअध्यक्ष धामीको सुदूरपश्चिम घुम्न जाउँ गीत सार्वजनिक

दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुलाका पूर्वअध्यक्ष कृष्ण धामीको सुदूरपश्चिम घुम्न जाउँ बोलको गीत सार्वजनिक भएको छ । नेपाल पर्यटन वर्ष (भिजिट २०२०) घोषणा भएको बेला पाँच वर्ष पहिले रचना भएको सुदूरपश्चिम घुम्न जाउँ शिर्षकको गीत दृष्टिकोण युट्युव च्यानलमार्फत मंगलबार (आज) सार्वजनिक गरिएको हो ।

पाँच वर्ष पहिले योगेश भट्टराई संघीय सरकारमा र माया भट्ट प्रदेश सरकारमा पर्यटन मन्त्री भएको बेला भ्रमण वर्षलाई लक्षित गरेर गीत रचना गरिएको हो, गीतमा शब्द र स्वर दिनुभएका धामीले भन्नुभयो, गीतमा सुदूरपश्चिमका नौँ वटै जिल्लाका पर्यटकीय क्षेत्रको चर्चा गरिएको छ । गीत पूर्णकला बिसी र कृष्ण धामीको स्वरमा सजिएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथ घर भएका पत्रकार तथा कलाकार धामीले सुदूरपश्चिम घुम्न जाउँ गीतमा यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धार्मीक र पर्यटकीय क्षेत्रहरुको चर्चा गरिएको बताउनुभयो ।

सुदूरपश्चिम घुम्न जाउँ गीत सुन्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?