पुष्पलाल राष्ट्रिय पुरस्कार दार्चुलाका चन्द्रदेव जोशीसहित तीन जना स्रष्टालाई प्रदान गरिने

दार्चुला । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८१ बाट दार्चुलाका चन्द्रदेव जोशीसहित तीन जना स्रष्टाहरूलाई सम्मानित गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तरगत पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८१ तीन जना स्रष्टालाई प्रदान गर्ने मन्त्रीस्तरीय निर्णय भएको सहसचिव रामकृष्ण लामिछानेले बताउनुभयो ।

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट राजनीतिक शैद्धान्तिक विधामा दार्चुला घर भएका पूर्वमन्त्री तथा कम्युनिष्ट नेता, प्रगतिशील लेखक चन्द्रदेव जोशी, इतिहास विधामा मोरङका मेदनीप्रसाद सेडाई र साहित्य, संस्कृति र विज्ञान विधामा उदयपुरका राममणी पोखरेललाई पुरस्कृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?