बैतडीको पाटनमा ४० वर्षीय पुरुषको शव फेला

दार्चुला । बैतडीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । बिहिबार बिहान जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ स्थित आरुबाटा भीरमा बेवारीसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

उक्त शव कसको हो भन्ने कुरा अहिले सम्म खुल्न सकेकोे छैन।  शवलाई परिक्षणको लागि पाटन अस्पताल पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली पनि घटनास्थलमा रहेको छ ।

उक्त शव कसको हो भन्ने कुरा अहिले सम्म खुल्न नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?