शैल्यशिखरको हुनैनाथ मावि देवथलीमा विद्यालय आत्मानिर्भर अक्षय कोष स्थापना

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा अवस्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीमा विद्यालय आत्मानिर्भर अक्षय कोष स्थापना गरिएको छ ।
विद्यालयको ४१ औँ वार्षिकोत्सव समारोहको अवसरमा शुक्रवार (हिजो) ५६ हजार बराबरको अक्षय कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव राज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयका पूर्व शिक्षक, शिक्षिका, अभिभावक, शैल्यशिखर नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, पूर्व विद्यार्थीहरु लगायतको आर्थिक सहयोगमा विद्यालय आत्मानिर्भर अक्षय कोष स्थापना गरिएको हो ।

उक्त कोषमा आर्थिक सहयोग गर्न इच्छुक शिक्षाप्रेमीहरुलाई आग्रह समेत गरिएको छ । विद्यालयको कोषमा जम्मा हुने गरी सक्दो रकम सहयोग गर्ने सम्र्पुणमा विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?