अनेरास्ववियुद्वारा शैल्यशिखरमा वादविवाद प्रतियोगिता सम्पन्न, झरकाँडाका युवराज जोशी प्रथम

दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी दार्चुलाद्वारा आयोजित शैल्यशिखर नगरपालिका स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्बर ९मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरमा आयोजित कार्यक्रममा अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता एंव नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका उपाध्यक्ष भुवन डाँगाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गोकुलेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पिताम्बर बिष्ट, शिक्षक विद्यार्थी, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा शैल्यशिखर नगरपालिकाभित्रका नौँ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।

’’सामाजिक सञ्जालको प्रयोगः बरदान कि अभिशाप’’ भन्ने विषयमा सञ्चालन गरिएको वादविवाद प्रतियोगितामा गलैनाथ माध्यमिक विद्यालय झरकाँडाका छात्र युवराज जोशी प्रथम हुनुभएको छ । त्यस्तै प्रतियोगितामा गोकुलेश्वर माध्यमिक विद्यालयका छात्र कमलेश बिष्ट द्धितीय र सत्यप्रकाश माध्यमिक विद्यालय देथलाका छात्र आयुश प्रशाद भट्ट तृतीय भएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गोकुलेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पिताम्बर बिष्टले अनेरास्ववियुले समय सुहाउदो कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ ।

वर्तमान परिवेशमा विद्यार्थी आन्दोलनको रुपरेखा फेरिएको उहाँको भनाई छ । हिजो व्यवस्था परिवर्तनका लागि सडकबाट आवाज उठाएका विद्यार्थी संगठनले अब शैक्षिक गुणस्तर सुधार, पाठ्यक्रमको एकरुपता र वैज्ञानिकता संगै विद्यालयको भौतिक तथा प्रशासनिक सुधारकालागी सहयोग गर्न समेत सुझाव दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?