बैतडीमा चालु आर्थिक बर्षको हाल सम्म भिरबाट लडेर ११ जनाको मृत्यु

दार्चुला । बैतडीमा घाँसदाउरा काट्न गएका, बाटो हिँड्दा भिरबाट लडेर अकालमै ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या धेरै छ । चालु आर्थिक वर्षको हाल सम्म भिरबाट लडेर मृत्यु भएका ११ घटना प्रहरीकहाँ पुगेका छन् । योबाहेक धेरै सङ्ख्या प्रहरीमा नपुग्ने गरेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आव २०८१।८२ मा मात्रै भिरबाट लडेर ११ जनाको मृत्यु भएको छ । चालु आर्थिक बर्षमा प्रहरीमा खबर पुगेका मात्रै ११ जनाको भिरबाट लडेर तथा एक जनाको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनुभयो ।

जिल्लाको पुर्चौडी नगरपालिकामा एक महिला, सिगास गाउँपालिकामा एक पुरुष, दोगडाकेदार गाउँपालिकामा एक महिला, डिलासैनी गाउँपालिकामा एक महिला, पाटन नगरपालिकामा एक महिला, दशरथचन्द नगरपालिकामा दुई पुरुष, मेलौली नगरपालिकामा एक पुरुष, पन्चेश्वर गाउँपालिकामा एक पुरुष र सुर्नया गाउँपालिकामा दुई महिला गरेर सात महिला र चार पुरुषको मृत्यु भएको छ ।

यस्तै शिवनाथमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?