दार्चुला । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्युु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका वडा नम्ब ५ को वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् ।
ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।




