डिलासैनीको सेटिगाउँ क्याम्पस सञ्चालक समिति अध्यक्षमा नर बहादुर माल निर्वाचित

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सेटिगाउँ बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा नर बहादुर माल निर्वाचित हुनुभएको छ ।

क्याम्पस सञ्चालक समितिको अध्यक्ष टुंगो लगाउन सहमती नजुटेपछी निर्वाचन गरिएको सेटिगाउँ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो । कुल ९८ मत खसेकोमा मालका निकटतम प्रतिस्पर्धी हरिदत्त जोशीलाई २८ मतान्तरले पछि पार्दै क्याम्पस सञ्चालक समितिको अध्यक्षमा माल निर्वाचित भएको सेटिगाउँ माध्यमिक विद्यालय सेटिगाउँका खरिदार पदम बहादुर बोहराले जानकारी दिनुभयो ।

कुल ९८ मत खसेकोमा जोशीले ३६ मत तथा मालले ६४ मत पाप्त गरेको उहाँले बताउनुभयो । यस्तै क्याम्पस सञ्चालक समितिमा नौँ जना सदस्यहरु भने सहमतिमै चयन गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?