दार्चुला । बैतडीमा बाघले आक्रमण गरि एकै किसानका ६ वटा बाख्रा मारेको छ ।
गयराती जिल्लाको पाटन नगरपालिका वडा नम्बर २ सिन्टोल्का शंकर महराका ६ वटा बाख्रा बाघले मारेको हो । खोर भित्रै पसेर बाघले ६ वटा बाख्रा मारेर लगेको महराले बताउनुभयो ।
५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो नभेटिएको उहाँले बताउनुभयो ।
यस्तै पाटन नगरपालिका वडा नम्बर २ का रिसेडी लगायतका अन्य टोलहरुमा पनि बाघले दिनहु चौपाया मारिरहेको भुमिराज आधारभूत विधालयका प्रधानाध्यापक कमल सिंह महराले बताउनुभएको छ ।





प्रतिक्रिया