दार्चुला । डिलासैनी गाउँपालिकामा अवस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा भोली शोक विदा दिइएको छ । डिलासैनी गाउँपालिका वडा नम्बर ६ बस्ने सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडीमा अद्ययनरत विद्यार्थी हरिष सिंह मालको निधनमा क्याम्पसले शोक वक्तव्य जारी गर्दै फागुन २० गते (भोली) विदा दिने जानकारी गराएको हो ।
सेटीगाउँ क्याम्पसमा शिक्षा शास्त्र संकाय स्नातह तह चार वर्षे बिएड दोस्रो वर्षमा अद्ययनरत छात्र माल मृत फेला परेपछि गाउँ स्तब्ध भएको छ । सेटीगाउँ क्याम्पस प्रमुख राजेन्द्र जोशीद्धारा हस्ताक्षरित शोक पत्रमा दिवंगत मालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तब्ध परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।





प्रतिक्रिया