सुदूरपश्चिममा एकैदिन थपिए १९६ जना कोरोना संक्रमित

सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रलायका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले दिएको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ६१ जनाको कोरोना परीक्षण भएकोमा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

डोटी अस्पतालको प्रयोगशालामा ५६ जनाको कोरोना परीक्षण भएकोमा नौँ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई जना र बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा एक जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?