दार्चुला । लेकम गाउँपालिकाका केहि विद्यालयहरुले शिक्षण सिकाई सहजिकरण शुरु गरेका छन् । सरकारले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ मा भएको व्यवस्थाअनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा ल्याउन थालिएको हो ।

विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ ले सबै शिक्षकहरुलाई अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन गरे अनुसार सबै विद्यालयका अधिकासं शिक्षकहरु विद्यालयमा उपस्थित भइसकेका छन् । पाठ्यक्रम विकास केन्द्रको समायोजित पाठ्यबस्तु अनुसार कार्ययोजना निर्माण गरी विद्यालय र सिकाई केन्द्रहरुमा एक आपसमा भौतिक दुरी कायम गरी पाठ्यपुस्तक, स्वअद्ययन सामाग्री वा छपाइका सामाग्री प्रयोग गरी शिक्षक वा स्वयमसेवक शिक्षकमार्फत सिक्ने सिकाउने व्यवस्था मिलाउन थालिएको लेकम गाउँपालिकाले जनाएको छ ।

सरकारको निर्देशिका, लेकम गाउँपालिकाको निर्णय र शिक्षा शाखाको निर्देशन तथा स्वीकृती अनुसार गाउँपालिकाभरीका सबै विद्यालयले सिकाई सहजिकरण कार्ययोजना तयार गरिरहेका छन् । असोज २० गतेभित्र सिकाई सहजिकरण कार्ययोजना गाउँपालिकामा पेस गर्न परिपत्र गरिएको लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुमारी बिष्टले जानकारी दिनुभयो । केहि विद्यालयले कार्ययोजना तयार पारेर गाउँपालिकाको शिक्षा शाखाबाट स्वीकृत गराइ सिकाई सहजिकरण थालेको जनाएको छन् ।

लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा रहेको हुनैनाथ माबि कुणीमा आज विद्यालय व्यवस्थापन समिति र केहि अन्य अभिभावकहरुको उपस्थितिमा भएको छलफलबाट विद्यार्थीहरुलाई विद्यालय मा बोलाएर विद्यालयलाई नै सिकाई सहजिकरण केन्द्र बनाउने निर्णय भएको छ । जसअनुसार प्रतेक दिन दुई कक्षाका विद्यार्थीलाई बोलाएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिकाई सहजिकरण गरिने छ । माबि कुणीका प्रधानाद्यापक अम्बादत्त जोशीका अनुसार असोज १५ गते कक्षा ६ र ७, १६ गते कक्षा ८, ९ र १८ गते कक्षा १० र १२ का विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर सिकाई सहजिकरण गरिनेछ । चक्रिय रुपमा विहिबारदेखि प्रतेक दिन दुई कक्षाका विद्यार्थीलाई विद्यालयमा बोलाईने उहाँले बताउनुभयो । प्राविधिक धारतर्फ सिटिइभिटिबाट सञ्चालित प्राविधिक कक्षा अन्तरगत जेसिटी अभ्यास गराउन थालिएको उहाँले बताउनुभयो ।

लेकम गाउँपालिका वडा नम्बर ५ स्थित लटिनाथ नमुना माबि चौपाताले पनि कक्षा १ देखि १० सम्मका लागि सिकाई सहजिकरण केन्द्र विद्यालयलाई नै बनाउने भएको छ । प्रतेक कक्षालाई विद्यार्थी संख्याको आधारमा अधिकतम छ समुहमा विभाजन गरी प्रतेक समुहमा अधिकतम १५ जना विद्यार्थी रहने गरी प्रतेक दिन चार घण्टा सिकाई सहजिकरण गर्न विद्यालयले मापदण्ड तयार पारेको छ । प्राविधिक धारतर्फका कक्षाहरु भने भर्चुअल विधिबाट सिकाई सहजिकरण गर्ने निर्णय भएको लटिनाथ नमुना माबिका सहायक प्रधानाद्यापक महेशराज जोशीले जानकारी दिनुभयो । प्राविधिक धारका विद्यार्थीहरुलाई पहुँचको आधामा अनलाइन, मेसेन्जर ग्रुप, म्यासेज र फोन कल मार्फत तथा हेन्डसआउट शैक्षिक सामाग्री वितरण गरेर सिकाई सहजिकरण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको हुनैनाथ माबि रातामाटाले टोल शिक्षा मार्फत सिकार्य सहजिकरण गर्ने निर्णय गरेको छ । रातामाटाले शिक्षकहरुलाई टोलटोलमा परिचालन गरेर विद्यार्थीलाई सिकाई सहजिकरण गर्ने र गृहकार्य दिने निर्णय गरिएको माबि रातामाटाका शिक्षक मनोज जोशीले जानकारी दिनुभयो ।

नौगाडमा बैकल्पिक शिक्षण सिकाई

दार्चुलाको नौगाड गाउँपालिका अन्तरर्गत पर्ने सम्पूर्ण विद्यालयहरुले पठनपाठन सञ्चालन गर्नका लागि बैकल्पिक शिक्षण सिकाई सहजिकरण गरि बन्द रहेका विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी थालेका छन् । गाउँपालिकाले विद्यालय संचालन निर्देशिका २०७७ तयार गरेका छ । उक्त निर्देशिकाअनुसार विद्यार्थीलाई के कति दुरीमा राखेर पढाउने, कुन समयमा पढाउने, के कस्तो विधि अपनाउने, मास्क, सेनिटाजरको व्यवस्था कसरी मिलाउने लगायतका कुराहरु समेटिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।

वैकल्पिक सिकार्ई सहजिकरणका लागि बुधबार गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी, शिक्षा शाखा अधिकृत र गाउँपालिकाभरी रहेका प्रधानाध्यापकहरुको बैठक बसि छलफल गरिएको छ । बैठकले संघीय शिक्षा मन्त्रालयद्वारा जारी बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को आधारमा बैकल्पिक शिक्षण सिकाईमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ ।

वैकल्पिक शिक्षा प्रणाली अन्र्तगत सिक्षण सिकाई केन्द्र स्थापना, गृहकार्य दिने, जाँच गर्ने, पृष्ठ पोषण, विषयगत स्वअध्यन, नोट बनाई बालबालिकाहरुलाई बितरण गर्ने, शिक्षक अभिभावक, परिवारका सदस्य, छिमेकी र माथिल्लो कक्षाका विद्यार्थी सहपाठी परिचालन गरि शिक्षण सिकाई सहजीकरण गर्ने, टोल सिकाई सहजीकरण गर्ने, विद्यार्थी अभिभावक भेटघाट लगायतका विधि अपनाएर सिकाई सहजिकरण गर्ने निर्णय गरेको अध्यक्ष धामीले बताउनुभयो ।

यसअघि दार्चुलाको अपिहिमाल, दुहुँ लगायत स्थानीय तहले बैकल्पीक शिक्षण सिकाई सहजिकरण शुरु गरिसकेका छन् । भने केहि स्थानीयले सिकाई सहजिकरण गर्ने विषयमा छलफल भइरहेको जनाएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?