दार्चुलाको दुहुँका दुई विद्यालयमा एसइई परीक्षाको तयारीका लागी आवासीय कक्षा सञ्चालनमा

दार्चुला । आगामी चैत्र ७ गतेदेखि सञ्चालन हुने शैक्षिकसत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीको लागी दार्चुलाको दुहुँ गाउँपालिकाका २ वटा माध्यमिक विद्यालयले आवासीय तयारी कक्षा सञ्चालन गरेका छन । गाउँपालिकाको धारीपाटा माध्यमिक विद्यालय धारी र गणेश माध्यमिक विद्यालय सिमलीले विद्यार्थीहरुलाई चाँैबिसै घण्टा विद्यालयमै राखेर एसइई परीक्षाको तयारी गराइरहको दुहुँ गाउँपालिकाका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।

धारीपाटा माध्यमिक विद्यालयले फागुन ५ गतेदेखि र गणेश माध्यमिक विद्यालय सिमलीले फागुन ६ गतेदेखि एसइईको परीक्षाको तयारीका लागी आवासीय कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीहरु ६ घण्टा मात्रै विद्यालयमा हुने र बाँकी समय विद्यालय बाहिर रहने हुँदा घरको समयमा विद्यार्थीले पढाईमा ध्यान नदिने र गृहकार्य समेत नगर्ने गरेकोले आवासीय कक्षा सञ्चालन गरि विद्यालयमै राखेर पढाउने व्यवस्था गरिएको धारीपाटा माध्यमिक विद्यालय धारीका प्रधानाध्यापक दलबहादुर कुवरले बताउनुभयो ।

अभिभावकहरुसङ्गको छलफल र सहकार्यमा सयुक्त प्रतिवद्धता र आचारसंहिता जारी गरेर विद्यार्थीहरुलाई खान बस्नको व्यवस्था गरि विद्यालयमै राख्ने निर्णय गरेको विद्यालयहरुले जानकारी दिएका छन । विद्यालयमा पठनपाठनको समय तालिका निर्माण गरि तयारी गराउन थालिएको गणेश माध्यमिक विद्यालय सिमलीका प्रधानाध्यापक मोहन चन्दले बताउनुभयो ।

विद्यालयहरुले अहिले गणित, विज्ञान र अंग्रेजी बिषयको तयारीमा जोडदिएको उहाँले बताउनुभयो । विद्यालयमा माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरु पालैपालो बस्ने र हरेक दिन १ जना अभिभावक समेत बस्ने व्यवस्था मिलाइएको शिक्षा शाखा संयोजक बमले बताउनुभयो ।

विद्यालयका कक्षाकोठाहरुमा विद्यार्थीहरुलाई खान र बस्ने व्यवस्था मिलाइएको छ, भने कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु विद्यालयहरुले सञ्चालन गरेको तयारी कक्षामा सहभागि भएको विद्यालयहरुले जनाएका छन। विद्यालयमै बसेर विभिन्न बिषयहरुको तयारी भइरहेकाले विद्यार्थीहरुलाई निकै फाइदा पुगेको गणेश माध्यमिक विद्यालय सिमलीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश बमले बताउनुभयो । गणेश माध्यमिक विद्यालय सिमलीमा १२ जना र धारिपाटा माध्यमिक विद्यालय धामीमा ९ जना विद्यालयर्थीले कक्षा लिइरहेको शिक्षा शाखा संयोजक बमले बताउनुभयो ।

विद्यालय, शिक्षक र अभिभावकको सक्रियतामा विद्यार्थीको पढाई सुधारको लागी राम्रो प्रयास भएको उहाले बताउनुभयो । विद्यालयहरुले नतिजा सुधारका लागि थालेको प्रयास प्रशंसनीय रहेको शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमको भनाई छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?