कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो

कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक-एक जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

बुधबार नियमित प्रेस बि्रफिङका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या ४९८ भनेको छ । यसमा रुपन्देहीका दुई, कपिलवस्तु, सुनसरी र बाँकेका एक-एक जनाको तथ्यांक समावेश गर्न बाँकी छ ।

यो जोड्दा मृतकको संख्या ५०३ हुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?