बैतडीमा दुई बालिकामाथि बलात्कारको घटना बाहिरियो, दुई जना पक्राउ

दार्चुला । बैतडीमा दुई बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ ।

जिल्लाको मेलौली नगरपालिकाकी १६ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ बर्षीय पुरुषलाई पक्राउ गरिएको छ । ती पुरुषले बालिकामाथि २०८० असार र कार्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । उक्त घटनामा संलग्न भनिएका पुरुषको परिचय प्रहरीले गोप्य राखेको छ ।

यस्तै शिवनाथ गाउँपालिकाकी १५ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० बर्षीय पुरुषलाई पक्राउ गरेको छ । ती पुरुषले ललाईफकाई गरेर गत माघमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो ।

पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो।

दुवै घटना अनुसन्धानमा रहेका र पीडकको नाम सार्वजनिक गर्दा पीडितलाई थप क्षति हुन सक्ने भएकाले परिचय गोप्य राखिएको प्रहरी निरीक्षक बडूले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?