दार्चुला । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ७ नाँचनथली र हासनथलीको बीचमा मालवाहक गाडी दुर्घटनामा परेको छ। धनगढीबाट बझाङ जाँदै गरेको सु.प.प्र ०१००१ ख २९८४ नम्बरको मिनी ट्रक सोमबार बिहान दुर्घटनाग्रस्त भएको हो।
अस्थायी प्रहरी चौकी ढोल्यामोडका इञ्चार्ज, वरिष्ठ हलदार आनन्द विष्टका अनुसार उक्त गाडी बिहान करिब ८ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक जनक बोहरा, सहचालक राजेन्द्र बोहरा र धनगढी उपमहानगरपालिका घर भएका अनिल चौधरी घाइते भएका छन। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको ढोल्यामोड अस्थायी प्रहरी पोस्टले जनाएको छ। गाडी सकडबाट करिब १०० मिटर तल खसेको बताइएको छ।





प्रतिक्रिया