सम्पाल मावि सुन्सेराको ७०औँ वार्षिकोत्सव सम्पन्न

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ मा अवस्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराको ७०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यस्थापन समिति अध्यक्ष राजेन्द्र सिंह कुवँरको अध्यक्षता रहेको कार्यक्रममा पूर्व मन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, उपाध्यक्ष बिनोद सिंह कुवँर, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका विव्यस अध्यक्ष र प्रधानाद्यापक, कर्मचारीहरु, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

May be an image of 1 person, dais and temple

विद्यालयका प्रधानाद्यापक बलदेब धामीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि ७०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?