त्रिविमा स्ववियु निर्वाचनः दार्चुलाका ५ वटै क्याम्पसमा सहमतीमै उम्मेदवारी दर्ता

दार्चुला । स्ववियु निर्वाचन अन्तरगत दार्चुलाका पाँच वटै क्याम्पसमा सहमतीमै उम्मेद्धारी दर्ता गरिएको छ।

जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा भागवण्डामा गर्ने विद्यार्थी संघ,संगठनहरुबिच सहमती भएको र सोही सहमती अनुसार क्याम्पसहरुमा उम्मेद्धारी दर्ता भएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्लाका पाँच वटै क्याम्पसमा पूर्वसहमती अनुसार नै विद्यार्थी संघ संगठनहरुले उम्मेद्धारी दर्ता गरेको नेविसंघ दार्चुलाका कार्यवाहक सभापती दिपक खातीले बताउनुभयो ।

सहमती अनुसार जिल्लाका २ क्याम्पस मार्मा गाउँपालिकामा रहेको लटिनाथ क्याम्पस मार्मा र लेकम गाउँपालिकामा रहेको कृष्ण स्नातक क्याम्पस लालीमा अध्यक्ष पदको लागी अनेरास्ववियुबाट उम्मेद्धारी दर्ता भएको छ। अध्यक्ष जोशीका अनुसार कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाल र लटिनाथ क्याम्पस मार्मामा रुकेश सिंह विष्टले उम्मेद्धारी दर्ता गराउनुभएको छ।

त्यस्तै नेपाली काग्रेंस निकट नेपाल विद्यार्थी संघबाट पनि दुई क्याम्पसमा उम्मेद्धारी दर्ता भएको छ । नेविसंघबाट महाकाली नगरपालिकामा रहेको राष्ट्रिय क्याम्पस दत्तुमा निलु भट्ट र ब्याँस गाउँपालिकामा रहेको अपिनाम्पा क्याम्पस हुतीमा शेखर बमले अध्यक्षमा उम्मेद्धारी दर्ता गरेको कार्यवाहक सभापती खातीले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) निटकको अखिल कान्तिकारीले अध्यक्ष पाएको मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पस पस्तीमा पनि अखिल कान्तिकारीका जानकी टमटाले अध्यक्षमा उम्मेद्धारी दर्ता गराउनुभएको छ।

यसअघि नै जिल्लामा रहेका क्याम्पसहरुमा तीन वटा विद्यार्थी संगठन नेकपा (एमाले) निकट अनेरास्ववियु, नेपाली काग्रेंस निकट नेविसंघ र नेकपा (माओवादी)केन्द्र निकट अखिल कान्तिकारीबिच स्ववियु निर्वाचनको लागि सहमति भएको थियो ।

सहमति अनुसार लटिनाथ क्याम्पस मार्मा र कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियु, राष्ट्रिय क्याम्पस दत्तु र अपिनाम्पा क्याम्पस हुतीमा नेविसंघ तथा शंकरपुर क्याम्पस पस्तीमा अखिल क्रान्तिकारीले नेतृत्व लिने सहमती भएको छ ।

लटिनाथ क्याम्पस मार्मामा अध्यक्ष अनेरास्ववियु, उपाध्यक्ष, सचिव अखिल क्रान्तिकारी र सहसचिव र कोषाध्यक्ष नेविसंघले पाएको छ । कृष्ण स्नातक क्याम्पस लालीमा अध्यक्ष र सहसचिव अनेरास्ववियु, उपाध्यक्ष, कोषाध्यक्ष नेविसंघ र सचिव क्रान्तिकारीले पाएको छ ।

शंकरपुर क्याम्पस पस्तीमा अध्यक्ष सहसचिव अखिल क्रान्तिकारी, सचिव नेविसंघ र उपाध्यक्ष, कोषाध्यक्ष अनेरास्ववियुले पाएको छ। राष्ट्रिय क्याम्पस दत्तुमा अध्यक्ष, कोषाध्यक्ष र सहसचिव नेविसंघ तथा उपाध्यक्ष र सचिव अनेरास्ववियुले पाएको छ ।

यस्तै अपि नाम्पा क्याम्पस हुतीमा अध्यक्ष र उपाध्यक्ष नेविसंघ, सचिव र सहसचिव अनेरास्ववियु तथा कोषाध्यक्षमा क्रान्तिकारीले पाउने सहमती भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?