लेकम गाउँपालिकामा सञ्चालित वार्षिक परीक्षा अनुगमन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न विद्यालयमा सञ्चालन भइरहेको वार्षिक परीक्षाहरुको अनुगमन गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, शिक्षा शाखा प्रमुख केशव राज ओझा, सम्बन्धित वडाका वडा अध्यक्षहरु लगायतको अनुगमन टोलीले गाउँपालिकामा सञ्चालन भइरहेको वार्षिक परीक्षाको अनुगमन गरिरहेको हो ।

फागुन २५ गतेबाट सञ्चालन भएको गाउँपालिका स्तरीय कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको अनुगमन भइरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशब राज ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको वडा नम्बर ६ मा रहेको भैरवनाथ आधारभुत विद्यालय श्रीपुर, खोदाइनाथ आधारभुत विद्यालय गणेत, मालिकार्जुन माध्यमिक विद्यालय तेलीगाउँमा परीक्षा अनुगमन गरिएको छ । वडा नम्बर २ को हुनैनाथ माध्यमिक विद्यालय कुणी, केदारनाथ माध्यमिक विद्यालय धरमघर र मालिकार्जुन आधारभुत विद्यालय गराडीमा परीक्षा अनुगमन गरिएको छ । वडा नम्बर ४ को हुनैनाथ माध्यमिक विद्यालय रातामाटा, तमैराज आधारभुत विद्यालय झलाती र लटिनाथ आधारभुत विद्यालय मानविसामा परीक्षा अनुगमन गरिएको छ । वडा नम्बर ५ मा रहेका ऐडिवाग माध्यमिक विद्यालय मैखोलीमा अनुगमन गरिएको छ। बुधबार (भोली) गाउँपालिकाको वडा नम्बर ४ र ५ मा रहेका विद्यालयहरुमा परीक्षा अनुगमन गरिने बताइएको छ ।

अनुगमन गरिएका विद्यालयहरुमा अनुशासित, मर्यादित र शान्तीपुर्ण तरिकाले परीक्षा सञ्चालन भइरहेको शिक्षा शाखा अधिकृत ओझाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?