सुदूरपश्चिममा झण्डै १२ सय संक्रिय संक्रमित, छ हजार एक सयले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार दुई सय नजिक पुगेको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार एक सय ९३ पुगेको हो।

निर्देशनालयका अनुसार कैलालीमा संक्रिय संक्रमितको संख्या ६ सय ५७, डोटीमा एक सय ३४, बझाङमा एक सय ११, अछाममा एक सय, बैतडी ८५, कंचनपुरमा ६३, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ।

हालसम्म ६ हजार एक सय बढी कोभिड–१९ संक्रमित निको भएका छन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार तीन सय ४५ जनामा कोभिड–१९ पोजेटिभ आएकोमा ६ हजार एक सय ३६ जना निको भएका छन्।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?