दार्चुला । दार्चुलामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा आइपुगेको छ ।
चैत्र ७ गतेदेखि जिल्लाभरी प्राविधिक धारको एक, ग्रेड सुधारको एक र नियमित १५ सहित जम्मा १७ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
अहिले जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्रहरु आइपुगेका छन् भने प्रवेशपत्रहरु सम्बन्धित विद्यालयहरुमा पठाइसकेको उहाँले बताउनुभयो । यस वर्ष दार्चुलाबाट ३ हजार २ सय बढी परीक्षार्थीहरु (एसइई) परीक्षामा सहभागी हुने भएका छन् ।
जिल्लामा चैत्र ३ गते (आइतवार) केन्द्राध्यक्षहरुको बैठक बस्ने र परीक्षा सञ्चालन सम्बन्धि छलफल गरिने उहाँले बताउनुभएको छ । परीक्षा केन्द्रहरुमा विद्यालयका प्रध्यानाध्यापकहरुलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिने तयारी रहेको छ ।
जिल्लामा रहेका पुरानो कोर्षको विद्यार्थीको लागी एक परीक्षा केन्द्र निर्धारण गरिएको छ। २०७८।७९ का साधारण धार तर्फका विद्यार्थीहरुका लागी खंलगामा रहेको छन्ना टिंकरी कन्या माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। त्यस्तै यो बर्ष प्राविधिक धार तर्फका परीक्षा खंलगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्र क र ख बाट संञ्चालन हुने कार्यालयले जनाएको छ ।
विद्यार्थीहरुका लागि चाहिने प्रवेश पत्र सम्बन्धित विद्यालयमा पठाइसकेको तथा उत्तरपुस्तिका र प्रश्नपत्र पनी जिल्ला आइपुगेको र सोमवार सम्म परीक्षा केन्द्रहरूमा पठाउने तयारी रहेको बताइएको छ ।





प्रतिक्रिया