सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट रमेश मालको उम्मेदवारी

दार्चुला । बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चैत ५ गते हुन गईरहेको निर्वाचनमा स्ववियु अध्यक्षमा रमेश मालले उम्मेदवारी दिनुभएको छ । अनेरास्ववियुबाट स्ववियु अध्यक्षमा मालले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

स्ववियु अध्यक्षका उम्मेदवार रमेश माल (राजु) २०६६ सालमा कैलुवा बाल क्लबको अध्यक्ष हुँदै विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुनुहुन्छ । २०७८ सालमा सेटीगाउँ बहुमुखी क्याम्पसमा अनेरास्ववियुको क्याम्पस कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका माल हाल अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुनुहुन्छ । मालको नेतृत्वमा २०८१ माघ १ देखि ४ गतेसम्म गोकुलेश्वर सांस्कृतिक महोत्सव नि:शुल्क रुपमा सञ्चालन गरिएको थियो । महोत्सवले स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन र विकासमा योगदान पुर्याएको छ ।

सामाजिक संजालमा आफ्नो छुट्टै पहिचान बनाएर सामाजिक कार्यमा अग्रसर युवा माल सबैका प्रिय तथा चर्चित रहेको अनेरास्ववियु बैतडीका अध्यक्ष दिव्यवीर योगीले बताउनुभयो । विद्यार्थीहरूमाझ लोकप्रिय मालको शिक्षा र कृषि क्षेत्रमा समेत आवद्धता रहेको छ ।

क्याम्पसको शैक्षिक विकास तथा संस्थागत सुधार, विद्यार्थी हकअधिकारको रक्षा र नेतृत्व विकासका लागि अनेरास्ववियुको तर्फबाट उम्मेदवारी दिएको बताउदै मालले स्ववियु चुनावमा विजयी गराइदिन सबै विद्यार्थीहरूमा अपिल गर्नुभएको छ । माल नेतृत्वमा उम्मेदवारी दर्ता गराएको अनेरास्ववियुको सिंगो प्यानललाई स्ववियु चुनावमा विजयी गराउन विद्यार्थीहरूलाई अनेरास्ववियुले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?