दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरेको छ। फागुन २५ गतेबाट सञ्चालन भएको गाउँपालिका स्तरीय कक्षा ८ उत्तिर्ण बार्षिक परीक्षाको अन्तीम नतिजा प्रकाशन गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत लोकन्द्र सिंह धामीले बताउनुभयो ।
चैत्र ४ गते सम्पन्न भएको परीक्षा फल मंगलबार (आज) चैत्र ५ गतै नै प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो । यो बर्ष गाउँपालिकामा १४ वटा विद्यालयका ३ सय २८ जना विद्यार्थीले आधारभुत तह कक्षा ८ उत्तिर्ण बार्षिक परीक्षामा सहभागी भएका थिए ।
गाउँपालिकाले प्रकाशन गरेको नतिजा अनुसार ४९.०८ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन।
कुल ३ सय २८ परीक्षार्थी मध्ये १ सय ६१ जना अर्थात ५०.९१ प्रतिशत परीक्षार्थी उत्तिर्ण हुँदा १ सय ६१ जना अर्थात ४९.०८ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा अधिकृत धामीले बताउनुभयो ।

बढीमा २ विषयमा अनुत्तिर्ण (२ विषयमा NG ) भएका विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउन व्यवस्था गरिएको शिक्षा शाखा अधिकृत धामीले बताउनुभयो ।
ग्रेडवृद्धि परीक्षा चैत्र २० र २१ गते सञ्चालन हुने उहाँले बताउनुभयो । साथै नतिजा पुर्नयोग गर्न चाहने विद्यार्थीहरुले चैत्र ८ गते सम्म विद्यालय समय भित्र विद्यालयको सिफारिसहित गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।
गाउँपालिकाले प्रकाशन गरेको नतिजा emis.cehrd.gov.np मा रहेको विद्यालयको वेवपेजबाट नतिजा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
नतिजा हेर्नको लागी आफ्नो विद्यालयको IEMIS ID लग इन गरि Manage Exam ट्याबमा गएर Grade wise ledger मेनुमा क्लिक गरि बर्ष र कक्षा छानी लोड गरेर नतिजा हेर्न सकिने छ ।






प्रतिक्रिया