बिहिवारबाट सुरु हुने एसइई परीक्षाको तयारी पुरा, अनुशासित र मर्यादित भएर परीक्षा दिन आग्रह

दार्चुला । दार्चुलामा पनी माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्र्पुण तयारी पुरा भएको छ ।

चैत्र ७ गते (भोली) बिहान ८ बजेदेखी सञ्चालन हुने परीक्षाको आवश्यक सबै तयारी पुरा भइसकेको र परीक्षार्थीहरुलाई अनुशासित र मर्यादित भएर परीक्षा दिन आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

जिल्लाभरी प्राविधिक धारको एक, ग्रेड सुधारको एक र नियमित १५ सहित जम्मा १७ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । यस वर्ष दार्चुलाबाट ३ हजार २ सय बढी परीक्षार्थीहरु (एसइई) परीक्षामा सहभागी हुने भएका छन् ।

जिल्लामा रहेका पुरानो कोर्षको विद्यार्थीको लागी एक परीक्षा केन्द्र निर्धारण गरिएको छ। २०७८।७९ का साधारण धार तर्फका विद्यार्थीहरुका लागी खंलगामा रहेको छन्ना टिंकरी कन्या माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।

त्यस्तै यो बर्ष प्राविधिक धार तर्फका परीक्षा खंलगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्र क र ख बाट संञ्चालन हुने कार्यालयले जनाएको छ ।परीक्षालाई मर्यादित बनाउन मोबाइल फोन लगेको भेट्टिएमा फिर्ता नहुने गरि जफत गरिने बताइएको छ ।

कार्यालयले परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई शुभकामना सहित अनुशासित र मर्यादित भएर परीक्षा दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?