स्ववियू निर्वाचन: दार्चुलाकी जानकी टमटासहित दलित विद्यार्थीबाट १२ सभापति निर्वाचित

दार्चुला । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दार्चुलाकी जानकी टमटासहित देशभर दलित समुदायबाट १२ जना विद्यार्थी नेता सभापतिमा निर्वाचित भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार देशभरका विभिन्न १२ क्याम्पसमा सभापति दलित समुदायबाट निर्वाचित हुदाँ ४ जना दलित महिला पनि निर्वाचित भएका छन् ।

जसमा सबैभन्दा नेपाल बिद्यार्थीं संघ (नेबिसंघ)बाट ६ जना, दोस्रोमा नेकपा (एमाले) निकट (अनेरास्ववियु)बाट ४ जना र सबैभन्दा कम नेकपा अखिल (क्रान्तिकारी)बाट २ जना मात्रै विभिन्न क्याम्पसमा स्ववियु सभापति दलित समुदायबाट निर्वाचित भएका छन् ।

नेबिसंघबाट निर्वाचित हुनेमा नलगाड बहुमुखी क्याम्पस जाजरकोटमा बिशालविक्रम चनारा, दिव्यज्योति बहुमुखी क्याम्पस नवलपरासीमा शशी बिक, चन्द्रकोट क्याम्पस गुल्मीमा प्रदिप नेपाली, शान्तिदिप बहुमुखी क्याम्पस बागलुङमा बिपना परियार, मंगल जनविजय क्याम्पस काभ्रेपलाञ्चोकमा युगबहादुर दमाई र रघुनाथ आर्दश बहुमुखी क्याम्पस कैलाली रञ्जित परियार निर्वाचित भएका छन् । जसमा एक जना दलित महिला पनि निर्वाचित भएका छन् ।

अनेरास्ववियुबाट निर्वाचित हुनेमा कैलाश बहुमुखी क्याम्पस अछाममा केशरी तिरुवा, तेज निरला क्याम्पस मुस्ताङमा अन्जु परियार, मस्र्याङदी बहुमुखी क्याम्पस लमजुङमा मदन बिक र षडानन्द क्याम्पस भोजपुरमा दिनेश बराईली निर्वाचित भएका छन् । जसमा २ जना दलित महिला पनि निर्वाचित भएका छन् ।

यस्तै अखिल (क्रान्तिकारी)बाट शंंखरपुर क्याम्पस दार्चुलामा जानकी टमटा र स्यार्फु बहुमुखी क्याम्पस रुकुम पश्चिममा टेकराज विश्वकर्मा निर्वाचित भएका छन् । जसमा एक जना दलित महिला पनि निर्वाचित भएका छन् ।

राजनीतिक दलनिकट प्रमुख ३ संघ संगठनले थोरै संख्यामा मात्रै दलित समुदायका व्यक्ति स्ववियु सभापतिमा उम्मेदवार बनाएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?